काठमाडौं। काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको काठमाडौंले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०३ रन बनाएको हो।
काठमाडौंका भीम सार्कीले सर्वाधिक ३१ रन बनाए। ४० बल खेलेका उनले एक चौका प्रहार गरे। डन डाउथवेटले २१, प्रतिश श्रेष्ठले २० र स्टेफन इन्कान्जीले १३ रन बनाए।
लुम्बिनीका साद बिन जाफरले सर्वाधिक तीन विकेट लिए। रामोन सिमोन्ड्स र अभिषेक गौतमले समान दुई विकेट लिए।