काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गरिरहेको काठमाडौं गुर्खाजले खराब सुरुआत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिला ब्याटिङ रोजेका थिए। तर, उनको निर्णय फलदायी बनेन। काठमाडौंले पहिलो पावर प्लेमा २३ रन बनाउन नै चार विकेट खर्चिन पर्यो।
ओपनर स्टेफन स्कान्जी १३ रनमा आउट भए। माइकल लेभिट शून्य, ग्रेहार्ड इरास्मस एक र सुमित महर्जन चार रनमा पभिलियन फर्किए। यी चारमध्ये दुई विकेट साद बिन जाफरले झारेका हुन्। अन्य बाँकी रामोन सिमोन्ड्स र अविनाश गौतमले खसालेका हुन्।