इलाम। दोस्रो इलाम गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ। मच्छिन्द्र क्लबमाथि रेडस्टार झापाले २–१ गोल अन्तरको जित निकालेसँगै सेमिफाइनल भिड्ने टिम पक्का भएको हो।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा घरेलु टिम रेडहर्स फुटबल क्लब र चर्च बोइज भिड्ने छन्। दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) र रेडस्टार झापा भिड्ने पक्का भएको हो। खेलको सुरुआती अग्रता झापाले लिएको थियो।
३५औं मिनेटमा आदित्य शाक्यले झापालाई अग्रता दिलाए। ७०औं मिनेटमा मच्छिन्द्रका देवेन्द्र तामाङले बराबरी गोल गरे। ८६औं मिनेटमा नीरज कार्कीले गोल गर्दै झापाको जित सुनिश्चित गरे। खेलको म्यान अफ द म्याच झापाका आदित्य शाक्य घोषित भए।
उनले आठ हजार एक सय प्राप्त गरे। बुधबार पहिलो सेमिफाइनलमा घरेलु टिम रेड हर्स र चर्च बोइज भिड्दै छन्। रेडहर्सले संकटा एफसी र चर्चले त्रिभुवन आर्मीलाई हराउँदै सेमिफाइनल पुगेका हुन्।