एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड विश्वकै सर्वाधिक धनी क्लब बनेको छ । फुटबल मनी लिगले निकालेको सूचीमा रियल मड्रिड सर्वाधिक धनी क्लब बनेको हो ।
रियलले इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडलाई पछि बनाउँदै शीर्ष स्थान ओगटेको हो । सर्वाधिक धनी क्लब बन्ने क्रममा रियलले ७५०.९ मिलियन युरो कमाई गरेको छ ।
सर्वाधिक धनी क्लबको सूचीको शीर्ष १० भित्र इन्ग्लिश क्लबको वर्चश्व रहेको छ । प्रिमियर लिग खेल्ने ६ क्लब शीर्ष १० भित्र अटाएका छन् ।
यस्तै स्पेनिस क्लब बार्सिलोना दोस्रो धनी क्लब बनेको छ । बार्सिलोनाले ६९०.४ मिलियन युरो कमाई गरेको छ । अघिल्लो वर्ष सर्वाधिक कमाई गर्ने क्लब बनेको म्यानचेस्टर युनाईटेड तेस्रो स्थानमा झरेको छ । युनाईटेडको कमाई ६६६ मिलियन युरो रहेको छ ।
त्यस्तै चौथो धनी क्लब वायर्न म्युनिखको कमाई ९२९.२ मिलियन युरो र म्यानचेस्टर सिटी ५६८.४ मिलियन युरोसहित पाँचौ स्थानमा रहेको छ ।
सर्वाधिक कमाई गर्ने सूचीमा फ्रेन्च क्लब पिएसजी छैटौ, लिभरपुल सातौ, चेल्सी आठौ, आर्सनल नवौ र टोटेनहम दशौ स्थानमा रहेको छ । इटालियन क्लब युभेन्ट्स ११ औ स्थानमा रहेको छ ।