काठमाडौं । पाकिस्तानमा आयोजना हुने नेत्रहीन टी-ट्वान्टी क्रिकेट सिरिज खेल्ने नेपाली महिला नेत्रहीन क्रिकेट टोलीको विदाई गरिएको छ । नेत्रहीन क्रिकेट संघले बिहिबार नेपाली टोलीलाई विदाई गरेको हो ।
पाकिस्तान नेत्रहीन क्रिकेट परिषदले आयोजना गर्ने सिरिज माघ १३ देखि २३ गते सम्म हुँदैछ । नेपाली टोली शनिबार पाकिस्तान प्रस्थान गर्ने छन् । नेपालले पाकिस्तानसंग तीन फरक शहरमा ५ खेलको सिरिज खेल्नेछ ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष पिताम्बर तिमल्सिना,साहस स्पोर्टसका प्रबन्ध निर्देशक जनक न्यौपाने लगायतले विदाई गरे ।
विदाईमा बोल्दै नेपाली टोलीका कप्तान भगवती बरालले तयारी राम्रो भएको कारण पाकिस्तानलाई हराउने बताईन् ।
'सोचेको जस्तो तयारी राम्रो भएको छ । हामी पाकिस्तानलाई पराजित गर्छौ । उत्साहित छौ सिरिज खेल्न । सिनियर र जुनियर मिलेको टिम छ । फिल्डिङमा कमजोरी छ तर ब्याटिङ राम्रो भएको छ ।' कप्तान भगवतीले भनिन् ।
यस्तै प्रशिक्षक रिजन प्रजुले जित्ने योजनासहित तयारी गरेको बताए । 'पाकिस्तानलाई हल्का लिन्नौ । किनकि हामी भन्दा राम्रो छ । जित्ने हिसाबले तयारी गरेका छौ,' प्रशिक्षक प्रजुले भने ।
सिरिजका लागि संघले बन्द प्रशिक्षणबाट खेलाडी छनोट गरेको हो ।
नेपाली टिम :
भगवती बराल (कप्तान)
भगवती अमगाई
आशा रेग्मी
मनकेसी चौधरी
सुश्मा तामाङ
आशिका डगौरा
गीता पौडेल
विनिता पुन
हिता गुरुङ
मुना अर्याल
रिता देवी थापा
सरीता घिमिरे
विमला राई
आयुष्मा क्षेत्री
भुमा खरेल
खेल तालिका :