काठमाडौं। कप्तान हेमन्त धामीको अलराउन्ड प्रदर्शनसँगै नेपालले एसिसी यु–१९ एसिया कपअन्तर्गत अन्तिम खेलमा अफगानिस्तानमाथि ऐतिहासिक जित निकालेको छ।
मंगलबार भएको खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले हराएको हो। अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य नेपालले ४१.३ ओभरमा नौ विकेट गुमाएर पूरा गर्यो।
अफगानिस्तानमाथि नेपालले यो नै पहिलो जित हो। यसअघि सन् २०२३ मा दुबईमा भएको एसिया कपमा अफगानिस्तानले नेपाललाई ७३ रनले हराएको थियो।
यसपल्ट त्यसको बदला लिनेक्रममा कप्तान हेमन्तले १०औं नम्बरमा आएर २२ रन बनाए। ३३ बल खेलेका उनले दुई चौका प्रहार गरे। नरेन साउदले सर्वाधिक २६, अर्जुन कुमालले २१ र अविशेक तिवारीले १३ रन बनाए। अफगानिस्तानका अल्लाह गजन्फरले तीन विकेट लिएपनि टोलीलाई हारबाट जोगाउन सकेनन्।