काठमाडौं। रवि भोपारको अर्धशतकसँगै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६१ रन बनाएको हो।
चितवनका रविले अर्धशतकीय इनिङ्स खेले। ३८ बल खेलेका उनले समान तीन चौका र छक्कासहहित ५१ रन प्रहार गरे। कप्तान कुशल मल्ल ३८ रनमा आउट हुँदा शरद भेष्वाकरण ११ र अमर रौटेला १३ रनमा अविजित रहे।
पोखराका विपिन खत्री, बास डे लिडे र रेमन रेफरले समान दुई विकेट लिए।