एजेन्सी । इन्ग्लिश क्लब चेल्सीले अर्जेन्टिनाका स्ट्राइकर गोन्जालो हिगुइनलाई अनुबन्ध गरेको छ । चेल्सीले इटालियन क्लब युभेन्ट्सबाट हिगुइनलाई लोनमा अनुबन्ध गरेको हो ।
चेल्सीले ६ महिनाका लागि लोनमा अनुबन्ध गरेको हो । तर, चेल्सीलाई युभेन्ट्सले ३६ मिलियन युरोमा लामो समयका लागि अनुबन्ध गर्ने विकल्प समेत दिएको छ ।
युभेन्ट्समा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो आएपछि लोनमा एसी मिलान पुगेका हिगुइनले २२ खेलमा ८ गोल गरेका थिए ।
चेल्सीसंग सम्झौता पत्रमा हस्ताक्षर गरेपछि बोल्दै ३१ वर्षीय हिगुइनले चेल्सीबाट मैदान उत्रन उत्साहित रहेको बताए ।
'इतिहास बोकेको क्लब चेल्सी मलाई मन पर्ने टिम हो । चेल्सीसंग शानदार स्टेडियम छ र प्रिमियर लिग खेल्ने गर्छ । म यो लिग खेल्न सधै चाहन्थे,' हिगुइनले भने ।