काठमाडौं। जनकपुर बोल्ड्सका बलर हर्ष ठाकरले नेपाल प्रिमियर लिग (एनपिएल)मा भारतीय ब्याटर शिखर धवनको विकेट लिएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सले टस जितेर पहिला ब्याटिङको निर्णय गरेको थियो। तर, सोमपाल कामीको त्यो निर्णय घातक बन्यो।
दोस्रो ओभरको दोस्रो बलमै ओपनर देव खनाललाई एक रनमा गुमाएको कर्णालीले चर्को शुल्क तिरेर ल्याएको धवनबाट ठूलो इनिङ्सको आश गरेको थियो। तर, १४ बलमा तीन चौकासहित १४ रन प्रहार गरेका उनी चल्न सकेनन्। उनलाई क्यानेडाली बलर हर्ष ठाकरले आफ्नो ओभरको दोस्रो बलमै बोल्ड गरे।