एजेन्सी । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको छ । बुधबार राति भएको बार्सिलोना सेभियासंग २ - ० गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा पाब्लो साराबिया र विसम बेन एड्डरले एक एक गोल गरेपछि सेभियाले बार्सिलोनालाई २ - ० ले हराएको हो । जितसंगै सेभियाले कोपा डेल रेको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
कप्तान लियोनल मेस्सीबिना मैदान उत्रिएको बार्सिलोनाविरुद्ध सेभियाले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । दोस्रो हाफमा भने दुई गोल गर्यो ।
खेलको ५८ औ मिनेटमा साराबियाले गोल गर्दै सेभियालाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ७६ औ मिनेटमा एड्डरले गोल गर्दै सेभियालाई २ - ० को अग्रता दिलाए ।
योसंगै सेभियाले समग्रमा २ - ० को अग्रता बनाएको छ । दुई टोलीबीचको दोस्रो लेग बार्सिलोनाको मैदानमा हुनेछ । प्रतियोगिताको सेमिफाइनलमा पुग्न बार्सिलोनालाई उक्त खेलमा फराकिलो जित आवश्यक भएको छ ।