काठमाडौं। डबल हेडर म्याच नम्बर वानको बागमती डर्बीमा काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर काठमाडौंलाई पहिला ब्याटिङको निम्तो दिएका हुन्।
दुवै टोलीको यो पहिलो खेल हो। काठमाडौंले कप्तान करण केसीसहित भीम सार्की, सहब आलम, राशिद खान, शंकर राणा, सुमित महर्जन र दीपेश कँडेललाई मैदान उतार्ने छ।
यस्तै, मिचेल लेभिट, स्टेफन सेन, गेराथ इरास्मत, डन डाउथवेइट र कृष्ण कार्की पनि मैदान उत्रिने छन्। चितवन राइनोजले भने आक्रामक जन निकोलस लेफ्टी, दिपेश श्रेष्ठ, रन्जित कुमार, सलाहुद्दीन खान र नरबहादुर सार्कीलाई बेन्चमा राखेको छ।
यस्तै, रवि भोपार, हसन इसाखेल, लुक बेन्केनस्टेन, कुशल मल्ल, रजिन ढकाल, शरद भेष्वाकर, विपिन रावल, दीपक बोहरा, अमर राउटेला, सन्तोष कार्की, गौतम केसी र सोहिल तानभिर मैदान उत्रिएका छन्।