काठमाडौं। नेपालले एसिसी यु–१९ एसिया कपमा बंगलादेशविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेशका कप्तानले टस जित्दै नेपाललाई पहिला ब्याटिङको निम्तो दिएका हुन्।
समूह ‘बी’ मा रहेको बंगलादेशले पहिलो खेलमा अफगानिस्तानलाई ४५ रनले पराजित गरेको थियो। तर, नेपाल श्रीलंकासँग ५५ रनले पराजित हुन पुग्यो। बंगलादेश लगातार दोस्रो खोजिमा हुनेछ। नेपाल भने पहिलो जितको लक्ष्यसहित मैदान उत्रिनेछ।