काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) काे फ्रेन्चाइजी जनकपुर बोट्ल्सले अनिलकुमार साहलाई कप्तनी जिम्मेवारी दिएकाे छ। जनकपुरले मात्र मार्की नरहेको खेलाडीलाई कप्तानको जिम्मेवारी दिएको हो।
बाँकी सात टोलीले भने मार्की खेलाडीलाई नै कप्तानको जिम्मेवारी प्रदान गरेको छ। काठमाडौं गुर्खाजका करण केसी, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, लुम्बिनी लायन्सका रोहितकुमार पौडेल, मार्की खेलाडी विराटनगर किङ्सका सन्दीप लामिछाने, कर्णाली याक्सका सोमपाल कामी, चितवन राइनोजका कुशल मल्ल र सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरीलाई नै कप्तानको जिम्मेवारी पाएका छन्।
त्यस्तै जनकपुरको मार्की खेलाडी भने आशिफ शेख थिए। जनकपुरका कप्तान अनिलले आफूलाई टोलीले विश्वास गरेर कप्तानको जिम्मेवारी दिएको बताए। ‘मलाई स्थानीय खेलाडीको जानकारी धेरै हुने भएकाले टिमले मलाई जिम्मेवारी दिएको होला। आसिफ र टिम व्यवस्थापनको निर्णयले नै मलाई यो जिम्मेवारी दिइएको हो। आरिफसँग यसअघि नै यो विषयमा कुरा भइसकेको छ,’ उनले भने।