काठमाडौं। एसिसी यु–१९ एसिया कपको पहिलो खेलमै नेपाल पराजित भएको छ। शुक्रबार भएको खेलमा श्रीलंकासँग नेपाल ५५ रनले पराजित गरेको हो।
श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपालले ४६.२ ओभरमा सबै विकेट गुमाउँदै १७८ रन मात्रै बनाउन सक्यो।
नेपालका मयन यादवले सर्वाधिक ६२ रन बनाए। ९१ बल खेलेका उनले तीन चौका र दुई छक्का प्रहार गरे। उनीबाहेक आकाश त्रिपाठी १९, उत्तम रंगु थापामगर १७ र नरेन साउद १६ रनमा आउट भए।
श्रीलंकाका प्रभिन मनिषाले सर्वाधिक तीन विकेट लिए। त्यसअघि शारजहा क्रिकेट स्टेडियमा टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो।
श्रीलंकाका शरुजन षणमुगनाथनले सर्वाधिक ६२ रन बनाए। ९९ बल खेलेका उनले दुई चौका प्रहार गरे। लकविन अबेसिंघे ५० रनमा आउट हुँदा कविजा षमागे ३७ रनमा अविजित रहे।
नेपालका सन्तोष यादवले सर्वाधिक चार विकेट लिए। १० ओभर बलिङ गरेका उनले ४५ रन खर्चिए। युवराज खत्रीले दुई र नरेन साउदको नाममा एक विकेट रह्यो।