काठमाडौं। एन्फा यु–१६ लिग पुसमा हुने भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार एन्फा र ‘ए’ डिभिजन क्लबबीच भएको बैठकले पुस १२ गतेदेखि लिग सञ्चालन गर्ने निर्णय गरेको हो। पहिलो संस्करणको लिग मच्छिन्द्र फुटबल क्लबले जितेको थियो।
एन्फाका अनुसार लिग क्लब दर्ता मंसिर १२ गतेभित्र गरिसक्नुपर्ने छ। यस्तै, मंसिर २५ गते एन्फाले खेल तालिका सार्वजनिक गर्नेछ। लिग डबल राउन्ड रोबिनमा हुने एन्फाले जनाएको छ।