काठमाडौं। विनायक थारुको निर्णायक गोलसँगै न्युरोड टिम (एनआरटी) ललित स्मृति एन्फा यु–१८ युथ लिगको शीर्ष स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार भएको खेलमा एफसी खुमलटारलाई १–० ले पराजित गरेको हो।
पहिलो चरणमा पनि एनआरटीसँग खुमलटार १–० ले नै पराजित भएको थियो। यो जितसँगै एनआरटीले २८ अंक पुर्याएको छ। यो दोस्रो स्थानमा झरेको विभागीय टोली नेपाल पुलिस क्लबको भन्दा दुई अंक बढी हो।
यद्यपि, पुलिसले एक खेल कम खेलेको छ। पराजित खुमलटार भने १३ खेलबाट सात अंकसहित ११औं स्थानमा छ। एनआरटीका लागि पहिलो हाफको इन्जुरी समयमा विजयले गरेको गोल निर्णायक बन्यो।