काठमाडौं। ललित स्मृति एन्फा यु–१८ युथ लिगमा बुधबार थ्री स्टार र चर्च ब्वाइज युनाइटेडले अंक बाँडेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा दुई टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।
योसँगै तेस्रो स्थानको थ्री स्टारले १३ खेलबाट २३ अंक पुर्याएको छ। नवौं स्थानको चर्च ब्वाइजले १५ अंक पुर्याएको छ।