काठमाडौं। दक्षिण अफ्रिकाका अनुभवी तीव्रगतिका बलर मार्चन्ट डे लान्ज नेपाल नआउने भएका छन्। उनलाई नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइजी चितवन राइनोजले अनुबन्ध गरेको थियो।
तर, १४५ किलोमिटर प्रतिघन्टामा बलिङ गर्नसक्ने ३४ वर्षीय लान्जलाई चोटका कारण आउन नसक्ने भन्दै नाम फिर्ता लिएको चितवनले सोमबार जनाएको हो।
प्रशिक्षणको क्रममा उनलाई खुट्टाको मांसपेशीमा चोट लागेको चितवनले जनाएको छ। उक्त चोट निको हुन र रिह्याब गर्न तीनदेखि चार हप्ता लाग्ने बताएको छ। उनको स्थानमा अर्को खेलाडी ल्याउने चितवनले जनाएको छ।