काठमाडौं। भारतीय विकेटकिपर ब्याटर ईशान किशनलाई सनराइजर्स हैदरावादले भित्र्याएको छ। साउदी अरबको जेद्दाहमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनमा उनलाई हैदरावादले ११ करोड २५ लाखमा किनेको हो।
उनको आधार मूल्य २ करोड थियो। पछिल्लो सिजन उनले मुम्बई इन्डियन्सबाट १४ खेल खेलेका थिए। जसमा उनले एक अर्धशतकसहित ३२० रन बनाएका थिए। उनलाई लिन मुम्बई, पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सले पनि चासो देखाएको थियो।