काठमाडौं। पछिल्लो सिजन कोलकाता नाइट राइडर्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन बनाएका कप्तान श्रेयस अय्यर इतिहासकै सबैभन्दा महँगा क्रिकेटर बनेका छन्।
साउदी अरबको जेद्दाहमा जारी मेगा अक्सनमा उनलाई पञ्जाब किंग्सले २६ करोड ७५ लाख भारुमा किनेको हो। यसअघि तीव्र गतिका बलर अर्शदीप सिंहलाई पञ्जाब किंग्सले राइट टु म्याच कार्ड (आरटिएम) प्रयोग गरेर १८ करोड भारूमा फिर्ता ल्याएका थिए।
यसपछि दक्षिण अफ्रिकाका कागिसो रबाडालाई गुजरात टाइटन्सले १० करोड ७५ लाख भारूमा किनेको थियो। कोलकाता नाइट राइडर्सले श्रेयसलाई फिर्ता ल्याउन पहिलो बोलि लगाएको थियो। त्यसपछि कप्तानको खोजिमा रहेको पञ्जाब पनि बिडमा होमियो।
७ करोडपछि दिल्ली क्यापिटल्स पनि दौडमा समावेश भएको थियो। ऋषभ पन्त बाहिरिएसँगै दिल्लीलाई पनि कप्तानको खाँच्चो थियो। उनी दिल्लीबाटै कोलकाता पुगेका थिए। १२ करोडको बोलिपश्चात कोलकाता दौडबाट बाहिएको थियो। दिल्लीले उनलाई २६ करोड ५० लाखसम्मको बोलि लगाएको थियो। तर, पञ्जाबले २५ लाख थपेसँगै दिल्ली बिडबाट बाहिरियो।
यसअघि कोलकाताले अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कलाई २४ करोड ७५ लाख भारूमा किनेको थियो। कोलकाताले उनलाई फिर्ता ल्याउन आरटिएम प्रयोग गरेन।