काठमाडौं। भारत र अस्ट्रेलियाबीचको पाँच खेलको टेस्ट सिरिजको पहिलो खेल पर्थमा जारी छ। भारतीय टोलीको दोस्रो इनिङ्स जारी छ।
पहिलो इनिङ्समा खराब ब्याटिङ गरेपछि भारतीय ओपनिङ जोडीले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो इनिङ्समा १५० प्लस रनको साझेदारी गरे। दुवै ब्याट्सम्यानले अर्धशतक बनाएर दोस्रो दिन भारतलाई बलियो स्थितिमा पुर्याएका थिए।
सन् १९८६ अर्थात ३८ वर्षपछि इङ्ल्यान्डबाहेक अन्य कुनै देशको ओपनिङ जोडीले अस्ट्रेलियाली भूमिमा १५० प्लस रनको साझेदारी गरेको यो पहिलो पटक हो।
सन् १९८६ मा सुनिल गावस्कर र के श्रीकान्तको जोडीले सिड्नीमा १९१ रनको ओपनिङ पार्टनरसिप गरेका थिए। यसैबीच, इङ्ल्यान्डका लागि एन्ड्रयु स्ट्रस र एलिस्टर कुकले सन् २०१० मा मेलबर्न क्रिकेट मैदानमा १५९ रनको ओपनिङ साझेदारी गरेका थिए।