काठमाडौं। नेपालले शुक्रबारदेखि युएईमा हुने एसिसी यु–१९ एसिया कपका लागि टोली घोषणा गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले आधिकारी रूपमा टोलीको घोषणा गरेको छैन। तर, क्यानले एसियन क्रिकेट काउन्सिल (एसिसी)लाई भने अन्तिम टोलीको नाम पठाइसकेको छ। सो नाम एसिसीले सार्वजनिक गरेको हो। नेपाली टोलीको कप्तानी हेमन्त धामीले गर्नेछन्। यस्तै, अर्जुन कुमालले उपकप्तानको जिम्मेवारी पाएका छन्।
टोलीमा उनीहरूबाहेक आकाश त्रिपाठी, उत्तम थापामगर, नरेन भट्ट, विपिनकुमार महतो, अपराजित पौडेल, मायन यादव, नरेन साउद, अर्जुन कुमाल(उपकप्तान), युनिशव्रिकम सिंह ठकुरी, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, अभिषेक तिवारी र रञ्जित कुमार छन्। एसिया कप मंसिर १४ देखि २३ गतेसम्म युएईमा हुँदैछ ।
नेपाल रहेको समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । नेपालले मंसिर १४ गते श्रीलंकासँगै खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। मंसिर १६ मा बंगलादेश र १८ गते अफगानिस्ताको सामना गर्नेछ ।