काठमाडौं। अस्ट्रेलियाविरुद्धको पाँच खेलको बोर्डर गावस्कर ट्रफी सिरिजको पहिलो खेलमा भारतले २१८ रनको अग्रता लिएको छ।
पर्थ स्टेडियममा जारी खेलमा अस्ट्रेलियालाई १०४ रनमा रोकेपछि भारतीय टोलीले यशस्वी जैसवाल र केएल राहुलको सानदार प्रदर्शनमा आफ्नो स्थान बलियो बनाएको हो। दुवै ओपनर क्रिजमा छन्। जयसवालले १९३ बलमा ९० रन बनाए भने राहुलले १५३ बलमा ६२ रन बनाए।
जयसवालले सात चौका र दुई छक्काको मद्दतमा ९० रन बनाएका हुन्। राहुलले चार चौकाको मद्दतमा ६२ रन बनाएका छन्। दोस्रो दिन कार्यवाहक कप्तान जसप्रित बुमराहको पाँच विकेटको बलमा भारतीय टोलीले अस्ट्रेलियालाई १०४ रनमा अलआउट गरेको थियो।