काठमाडौं। ह्यारी केनले बुन्डेसलिगामा सबैभन्दा छिटो ५० गोल गर्ने खेलाडी बनेका छन्।
केनले दुई पेनाल्टीसहित तीन गोल गरेपछि बायर्नले शुक्रबार अग्सबर्गमाथि ३–० को जित निकालेको थियो। ११औं चरणका खेल सकिँदा शीर्ष स्थानमा रहेको बायर्न आठ अंकले अगाडि छ।
केनले गत सिजन लिगका ३२ खेलमा ३६ गोल गरेका थिए, जुन टोटनह्यामबाट अनुबन्धित भएपछि बायर्नमा उनको पहिलो सिजन थियो। सन् २०१२ पछि बायर्नले उपाधि जित्न असफल भएको पनि यो पहिलो सिजन थियो। यो सिजन बायर लेभरकुजेनले अपराजित रहँदै बायर्नको विजयी यात्रामा ब्रेक लगाएको थियो।
यस सिजन लिगमा १४ गोल गर्नुका साथै केनले च्याम्पियन्स लिगमा पाँच र जर्मन कपमा एक गोल गरेका छन्।