एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई द फ्रेन्च लिगले कारबाही गरेको छ ।
क्लबको एकेडमीमा रहेका युवा खेलाडीको विवरण संकलन गर्ने क्रममा जातीय र रंगभेद गरेको भन्दै द फ्रेन्च लिगले पिएसजीलाई कारबाही गरेको हो ।
पिएसजीलाई कारबाही स्वरुप द फ्रेन्च लिगले १ लाख युरो (८७ हजार ६९१) पाउण्ड जरिवाना गरेको छ ।
लिग वान स्काउटका अनुसार खेलाडी विवरण संकलनको दौरान पिएसजीले मेनुमा फ्रेन्च, नर्थ अफ्रिकन, ब्लाक अफ्रिकन र वेष्ट इण्डियन राखिएको थियो । जुन, फ्रान्सको कानुन बिपरित भएको जनाइएको छ ।