काठमाडौं। पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शुक्रबार घरेलु मैदानमा टुलुजलाई ३–० ले पराजित गर्दै लिग वानको शीर्ष स्थानमा ६ अंकको अग्रता कायम राखेको छ।
डिफेन्डिङ च्याम्पियनले पहिलो हाफमा दबदबा बनाए पनि ३५औं मिनेटमा गोल गर्न सफल भयो। अचराफ हाकिमीको क्रसमा पोर्चुगलका युवा मिडफिल्डर जोआओ नेभेसले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट हाफ भलीमा गोल गरेका थिए।
खेल सकिन ६ मिनेट बाँकी छँदा लुकास बेराल्डोले दोस्रो गोल गर्दै घरेलु टोलीलाई अग्रता २–० मा पुर्याए। खेलको इन्जुरी समयमा भिटिन्हाले बक्सभित्र उत्कृष्ट फुटवर्क देखाउँदै पिएसजीलाई ३–० को जित दिलाए।
जितसँगै पिएसजीले १२ खेलबाट ३२ अंक पुर्याएको छ। पिएसजी दोस्रो स्थानको मोनाकोभन्दा ६ अंकले पछाडि छ। टुलुज १५ अंकसहित १०औं स्थानमा छ।