काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड अमिषा कार्की सहायक सेनानी बनेकी छन्।
नेपाली सेनाले सार्वजनिक गरेको सहायक सेनानीको अन्तिम नतिजामा कार्की छनोट भएकी हुन्। उदयपुरकी स्थाई बासिन्दा अमिषाले सैनिक आवासीय महाविद्यालय भक्तपुरमा अध्ययन गरेकी हुन्।
उनले २०७९ भदौमा राष्ट्रिय टोलीमा डेब्यू गरेकी थिइन्। त्यसयता उनी राष्ट्रिय महिला फुटबल टिमको नियमित सदस्य छिन्। गत महिना दशरथ रंगशालामा सम्पन्न साफ महिला च्याम्पियन्ससिपको फाइनलमा उनले बंगलादेशविरुद्ध गोल गरेकी थिइन्। तर, उक्त खेल नेपाल २–१ ले पराजित भएको थियो।