काठमाडौं। प्रशिक्षक पेप ग्वार्डिओलाले म्यानचेस्टर सिटीसँग कम्तीमा अर्को एक सिजन आफ्नो कार्यकाल थप्न सहमत भएका छन्।
उनको सम्झौता यस सिजनको अन्त्यमा समाप्त हुँदै थियो। सन् २०१६ मा सिटी आएदेखि उनले अदभूतपूर्व उपलब्धी हासिल गरेका छन्। सिटीले उनको प्रशिक्षणमा सात वर्षमा ६ पटक प्रिमियर लिगको उपाधि जितेको छ। यस्तै, उनले च्याम्पियन्स लिग पनि जितेका छन्।
५३ वर्षीय ग्वार्डिओलाले १०औं सिजनमा आफ्नो बसाइ लम्ब्याउने र थप एक वर्षका लागि विकल्पसहित सम्झौता गर्ने भएका हुन्। क्याटलान प्रशिक्षकको नेतृत्वमा सिटी लगातार चार पटक इङ्लिस लिग उपाधि जित्ने पहिलो टोली बनेको थियो। उनले सिटीलाई सन् २०२३ मा ट्रबलमा पुर्याएका थिए र एकै सिजनमा प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कप जितेका थिए।
ग्वार्डिओलाको यो स्पष्ट निर्णय पनि सिटीले कथित वित्तीय उल्लंघनको सामना गरिरहेको बेला आएको छ। सिटीलाई लिगबाट निष्कासन पनि हुन सक्ने छ। इङ्लिस फुटबलको सबैभन्दा ठूलो शक्तिका रूपमा आफूलाई स्थापित गर्न प्रयासरत सिटीले नौ वर्षको अवधिमा १०० भन्दा बढी आरोपको सामना गर्नुपरेको छ।
क्लबले आरोपको खण्डन गरेको छ र अर्को वर्षसम्म फैसला आउने अपेक्षा गरिएको छैन।