काठमाडौं। स्विडेनले अजरबैजानलाई ६–० ले पराजित गर्दा भिक्टर ग्योकेरेसले युरोपियन फुटबलमा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन्। घरेलु मैदान स्ट्रेबेरी एरेनामा भएको खेलमा ग्योकेरेस एक्लैले चार गोल गरे।
उनले नर्वेका एर्लिंग हालान्डलाई पछि पार्दै ६ खेलबाट ९ गोलका छन्। नेसन्स लिगकोसर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा रहेका हालान्डको नाममा सात गोल छ।
ग्योकेरेसका सहकर्मी तथ टोलीका फरवार्ड डेजान कुलुसेभस्कीले एक वर्षपछि राष्ट्रिय टोलीको जर्सीमा दुई गोल गरे। त्यस्तै, अन्य खेलमा वेल्सले आइसल्यान्डलाई ४–१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ भने समूह प्रतिद्वन्द्वी टर्कीले मोन्टेनेग्रोलाई ३–१ ले पराजित गरेको छ।