काठमाडौं। जिम्बाब्वेले पाकिस्तानविरुद्धको सेतो बलको शृंखलाका लागि सोमबार टोलीको घोषणा गरेको छ। आइसिसीका अनुसार क्रेग इरविनले एकदिवसीय टोलीको नेतृत्व गर्नेछन्।
टोलीमा सिकन्दर रजा, सिन विलियम्स, ब्लेसिङ मुजारबानी, रिचार्ड नगारावाजस्ता स्टार खेलाडी छन्। यसबाहेक तीन अनक्याप्ड खेलाडी ट्रेभर ग्वान्डु, ताशिन्गा मुसेकिवा र टिनोटेन्डा मापोसालाई समावेश गरिएको छ।
जिम्बाब्वेले केन्यामा हुने आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को उपक्षेत्रीय छनोटमा सफल प्रदर्शन गरेको टोलीलाई पनि निरन्तरता दिने निर्णय गरेको छ। कप्तान सिकन्दर रजाको नेतृत्वमा रहेको टोलीले आफ्नो बलियो टिम केमेस्ट्री र गतिलाई अगाडि बढाउने लक्ष्य राखेको छ।
टी–२० टिममा क्रेग इरविन, सिन विलियम्स र जोयलर्ड गम्बी छैनन्।
एकदिवसीय टोली
क्रेग इरविन (कप्तान), फराज अकरम, ब्रायन बेनेट, जोयलर्ड गाम्बी, ट्रेवर ग्वान्डु, क्लाइभ मन्डन्डे, टिनोटेन्डा मापोसा, तादिवानाशे मारुमानी, ब्रान्डन मावुता, ताशिंगा मुसेकिभा, ब्लेसिंग मुजारबानी, डायोन मायर्स, रिचर्ड नगारावा, सिकन्दर रजा र सिन विलियम्स।
टी–२० टोली
सिकन्दर रजा (कप्तान), फराज अकरम, ब्रायन बेनेट, रायन बर्ल, ट्रेवर ग्वान्डु, क्लाइभ मदान्डे, वेस्ले माधवेरे, टिनोटेन्डा मापोसा, तादिवानाशे मारुमानी, वेलिंगटन मासाकाद्जा, ब्रैन्डन मावुता, शिंगा मुसेकिभा, ब्लेसिंग मुजारबानी, डायोन मायर्स, रिचर्ड नगाराभा।