एजेन्सी । इन्ग्लिश क्लब टोटेनहमका मिडफिल्डर डेली अली २ महिना मैदान बाहिर रहने भएका छन् ।
प्रिमियर लिग अन्तर्गत गत आइतबार फुलहमविरुद्धको खेलमा चोट बोकेका अली २ महिना मैदान बाहिर रहने भएका हुन् । उक्त खेलमा टोटेनहमले २ - १ को जित निकालेको थियो ।
इंग्ल्यान्डका २२ वर्षीय अलीलाई खेलको दौरान ह्यामस्ट्रिङको चोट बोकेका थिए । र, उनको चोट ठिक हुन आगामी मार्चसम्म लाग्ने बीबीसीले जनाएको छ ।
फुलहमविरुद्ध एक गोल गरेका अली ह्यामस्ट्रिङ चोटका कारण ८६ औ मिनेटमा मैदानबाट बाहिरिएका थिए । टोटेनहमले अली अहिले चोटबाट ठिक हुन उपचाररत रहेको जनाएको छ ।
अलीको चोटसंगै टोटेनहमलाई यस सिजन खेलाडी इन्जुरीको समस्याले पिरोलेको छ ।
फरवार्ड ह्यारी केन पनि एङ्कल इन्जुरीको कारण मैदान बाहिर रहेका छन् । केन पनि मार्चसम्म मैदान बाहिर रहने छन् । यस्तै ग्रोइन इन्जुरीको कारण मुसा सीसीको पनि दुई साता मैदान बाहिर रहेका छन् ।