काठमाडौं। लुम्बिनी लायन्स क्लबले नेपाल प्रिमियर लिग (एनपिएल) मा प्रयाेग हुने जर्सी सार्वजनिक गरेको छ।
आनी छोइङ डोल्मा, क्लबका ब्राण्ड एम्बास्डर राजेश हमाल र रोहित पौडेलले शनिबार लुम्बिनीको मायादेवी मन्दिरबाट जर्सी सार्वजनिक गरेका हुन्। लुम्बिनी प्रदेशको प्रतिनिधित्व हुने गरी र स्थानीय संस्कृति झल्कने गरि जर्सीको डिजाइन गरिएको छ।
गाढा नीलो रङ्गको जर्सीमा सुनौलो रङ्गको किनारा रहेको छ भने बाँया भागमा आक्रामक अवतारको सिंहको टाउको प्रतीक रहेको छ।