काठमाडौं। क्रिस कार्कीले काठमान्डु गुर्खाजबाट मंसिर १५ गते देखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन्। अन्तिम छनोटबाट ‘लोकल आइकोनिक प्लेयर’ को रुपमा काठमाडौं गुर्खाजमा स्थान पक्का गरेका हुन्।
शनिबारको अन्तिम छनोटमा ३२ खेलाडी रहेका थिए। त्यसमध्येबाट उत्कृष्ट खेलाडी बन्दै क्रिस काठमान्डु गोर्खाजको टोलीमा समेटिएका हुन्।
काठमान्डु गुर्खाजको ‘मार्की’ खेलाडीमा करण केसी छन्। त्यसबाहेक टोलीले अक्सनबाट शाहव आलम, भीम सार्की, रशिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कँडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतिक श्रेष्ठलाई लिएको थियो।