काठमाडौं। जोहानेसबर्गको मैदानमा भएको चौथो टी–२० मा भारतले दक्षिण अफ्रिकालाई ३–१ ले पराजित गर्दै चार खेलको सिरिज ३–१ ले जितेको छ।
सूर्यकुमार यादवले टस जितेर ब्याटिङ रोजेका थिए। सन्जु स्यामसनले ५६ बलमा १०९ र तिलक वर्माले ४७ बलमा १२० रन बनाएपछि स्कोर एक विकेटको क्षतीमा २८३ पुग्यो।
विदेशी भूमिमा भारतीय टोलीको यो सबैभन्दा ठूलो स्कोर हो। जवाफमा दक्षिण अफ्रिकाले १४८ रन मात्र बनाउन सक्यो। दक्षिण अफ्रिकाले ट्रिस्टान स्टब्सले ४३ र डेभिड मिलरले ३६ रन बनाए पनि लक्ष्य निकै ठूलो भएका कारण टोली त्यहाँ पुग्न सकेन। र, खेल १३५ रनले गुमायो। बलिङतर्फ भारतका अर्शदीप सिंहले तीन र वरुण चक्रवर्तीले दुई विकेट लिए।