काठमाडौं। लुम्बिनी लायन्सले आउँदो नेपाल प्रिमियर लिगको लागि बार्बाडियन फास्ट बलर रामोन सिमन्ड्सलाई टिममा ल्याएको छ। सिमन्ड्स लुम्बिनी लायन्सले हस्ताक्षर गरेको चौथो विदेशी खेलाडी हुन्।
बायाँ हाते पेसरको रूपमा सिमन्ड्सले २० वर्षको उमेरमा नै वेस्ट इन्डिज क्रिकेटमा आफ्नो पहिचान बनाइसकेका छन्। विशेष गरी उनले आइसिसी यु–१९ क्रिकेट विश्वकपमा वेस्ट इन्डिज यु–१९ टिमका लागि उत्कृष्ट प्रदर्शन देखाएका थिए। दबाबको स्थितिमा पनि उत्कृष्ट बलिङ गर्ने सक्षमता र आफ्नो धारिलो बलिङले टप अर्डर ब्याट्सम्यानलाई पनि चुनौती दिन सक्ने क्षमताले उनी लुम्बिनीका लागि महत्त्वपूर्ण खेलाडी हुनेछन्।
नेपाल प्रिमियर लिग २०२४ आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म चल्नेछ।