काठमाडौं। युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल यु १९ विश्वकप र एसिया कपमा स्थान बनाएको नेपाली टोली बिहीबार स्वदेश फिर्ता भएको छ। बुधबार भएको खेलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपालले ऐतिहासिक उपलब्धी चुमेको थियो।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टोली साँझ ६:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। नेपालले छनोटमा ६ खेलबाट १० अंक जोड्यो। युएईले पनि समान खेलबाट समान अंक जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भएको हो।
नेपालले ३.९३५ नेट रनरेट बनायो। यस्तै, नेपाललाई पहिलो खेलमा १३ रनले हराएको युएई भने ३.७४० नेट रनरेटमा समेटियो। नेपालले अर्को वर्ष मलेसियामा हुने विश्वकप खेल्नेछ।