काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली काठमान्डु गुर्खाजले मंगलबार ट्यालेन्ट हन्ट कार्यक्रम सुरु गरेको छ । काठमाडौंको बालुवाटारस्थित क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) मा पहिलो दिनको छनोटमा १ सय ५० खेलाडीले ट्यालेन्ट हन्टमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
काठमान्डु गुर्खाजका प्रमुख प्रशिक्षक वसन्त शाहीले ट्यालेन्ट हन्टले सवै खेलाडीलाई मौका दिने र एक उत्कृष्ट खेलाडी बाहेक अन्य ४–५ खेलाडीलाई टिमस“गैं राखेर प्रशिक्षणमा समावेश गरिने बताए ।
काठमाडौं गुर्खाजको दोस्रो दिनको ट्यालेन्ट हन्ट बुधबार सीईसी भक्तपुरमा, तेस्रो दिन बिहीबार ललितपुरको हात्तिबन स्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीमा प्रारम्भिक छनोटको कार्यक्रम हुनेछ भने शनिबार काठमाडौं का“डाघारीमा स्थित वान डे क्रिकेट एकेडेमीमा अन्तिम छनोट हुनेछ ।