काठमाडौं। कप्तान पूजा महतोको सानदार शतकसँगै नेपालले आइसिसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा कुवेतलाई २१४ रनको विशाल लक्ष्य दिएको छ।
अजमानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २१३ रन बनाएको हो। नेपाली टोलीका ओपनर साना प्रभिन र सावित्री धामी कृजमा जम्न सकेनन्। तर, कप्तान पूजा र उपकप्तान सोनी पाख्रिनले १५७ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पुर्याएकी हुन्।
पूजाले प्रतियोगितामै पहिलो शतक प्रहार गरिन्। ६९ बल खेलेकी उनले १७ चौकासहित १३० रनको अविजित इनिङ्स खेलिन्। यस्तै, सोनी अर्धशतक बनाउन ७ रनले चुकिन्। ३३ बल खेलेकी उनले दुई चौकासहित अविजित ४३ रन बनाइन्।