काठमाडौं। क्याटलान क्लब बार्सिलोनाका स्टार युवा फरवार्ड लामिन यमल घाइते भएका छन्। गत बुधबार च्याम्पियन्स लिगअन्तर्गत रेड स्टारविरुद्धको खेलमा यमललाई चोट लागेको बार्सिलोनाले जनाएको छ। क्लबका अनुसार उनको दाहिने घुँडामा चोट लागेको छ।
त्यसैले आइतबार रियल सोसिडाडसँगको खेलमा उनलाई बार्सिलोनाले मैदान उतारेको थिएन। उक्त खेलमा बार्सिलोना १–० ले पराजित भएको थियो। ‘केही दिनयता उनको उपचार भइरहेको छ। तर असहजता अझै कम भएको छैन। उनको रिकभरीले उपलब्धता निर्धारण गर्नेछ,’ क्लबले भनेको छ।
प्रशिक्षक ह्यान्सी फ्लिकका अनुसार क्लबले आइतबार यमलको चोटको परीक्षण गरेको थियो। तर, उनी खेल्न नसक्ने अवस्थामा रहेको कारण आराम दिइएको फ्लिकले बताए।