पथरी। पथरी फुटबल क्लब मोरङ पुष्पाञ्जली नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
बेलबारी भाउन्नेमा जारी प्रतियोगितामा आइतबार झापाको चुलाचुली फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै पथरीले अन्तिम चारमा स्थान बनाएको हो।
निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरमा गरिएको हो। टाइब्रेकरमा पथरीका न्युचन धिमाल, सनम धिमाल, मञ्जिल खड्का र सञ्जय लिम्बूले गोल गरे. तर, सौर्य राउतको प्रहार चुलाचुलीका गोलकिपर मुस्कान लिम्बूले बचाए।
चुलाचुलीका सनम भुजेल, निश्चल बस्नेत र पूजन चौधरीले गोल गरे। जंग खड्काको प्रहार बाहिरियो। विशाल राईको बल भने पथरीका गोलकिपर समीर क्षेत्रीले बचाए। समीर म्यान अफ द म्याच घोषित भए।