काठमाडौं। विभिन्न कारणले रोकिएको ललित स्मृति एन्फा यु-१८ लिग कार्तिक अन्तिम साताबाट पुन: सुरु हुने भएको छ।
पहिलो चरणमा ४८ खेल सकिएपछि लिग अनिश्चित बनेको थियो। यु-१९ साफ च्याम्पियनसिप, महिला लिग र चार्डपर्व र महिला साफ च्याम्पियनसिपका कारण लिग हुन सकेको थिएन। तर, अखिल नेपाल फुटबल संघ (एन्फा) ले यी सबै कार्यक्रम सकिएसँगै लिग पुन: सुरु गर्न लागेको हो।
एन्फाका अनुसार दोस्रो चरणमा कार्तिक २८ गते जावलाखेल युथ क्लब र न्युरोड टिम एनआरटी भिड्नेछन्। सोही दिन दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ।