काठमाडौं। ओपनर साना प्रभिनको अर्धशतकसँगै नेपालले आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा थाइल्यान्डलाई १४० रनको विशाल लक्ष्य दिएको छ।
अजमानमाको द सेभेन रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको हो।
सानाले सर्वाधिक ५३ रन बनाइन्। जारी प्रतियोगितामा यो उनको पहिलो अर्धशतक हो। ४६ बल खेलेकी उनले सात चौका प्रहार गरिन्।
अर्की ओपनर सावित्री धामीले २८ रन बनाइन्। उनीहरूबची पहिलो विकेटका लागि ८८ रनको साझेदारी भएपछि नेपाल बलियो स्थितिमा पुगेको थियो। कप्तान पूजा महतो चार रनमा क्याच आउट हुँदा सोनीले १९ रनको योगदान दिइन्। अन्य ब्याटरको प्रदर्शन भने उत्साहजनक रहेन।