काठमाडौं। नेपालले आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा आइतबार थाइल्यान्डविरुद्ध खेल्दैछ।
अजमानमाको द सेभेन रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ।
छनोटमा तीन खेल्दा नेपाल चार अंकका साथ दोस्रो स्थानमा छ। नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ र दोस्रोमा कुवेतलाई १०८ रनले हराएको थियो। घरेलु टोली युएईविरुद्धको खेलमा भने नेपाल १३ रनको पराजित भयो।