काठमाडौं। क्रिकेट वेस्ट इन्डिजले इंग्ल्यान्डविरुद्धको टी–२० सिरिजको पहिलो दुई खेलका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।
वेस्ट इन्डिज टी–२० टिम घरेलु मैदानमा प्रभावशाली रहँदै आएको छ। सन् २०२३ यता चार टी–२० अन्तर्राष्ट्रिय शृंखलामा वेस्ट इन्डिज अपराजित छ । यो प्रभावशाली प्रदर्शनले वेस्ट इन्डिजलाई आईसीसी पुरुष टी–२० आई टिम वरीयतामा उकासेको छ, जसले विश्वव्यापी मञ्चमा पुनरुत्थानको संकेत गर्दछ।
व्यक्तिगत कारणले श्रीलंका भ्रमण गुमाएका अकिल होसेन, शिमरोन हेटमायर, निकोलस पूरन र आन्द्रे रसेलले टोलीमा पुनः स्थान बनाएका छन् । थ्री लायन्सविरुद्धको एकदिवसीय शृंखलामा प्लेयर अफ द सिरिज घोषित भएका मध्यम गतिका बलर म्याथ्यु फोर्डले दुई खेलको प्रतिबन्धमा परेका तीव्र गतिका बलर अल्जारी जोसेफको स्थान लिएका छन् ।
पाँच खेलको टी–२० सिरिज नोभेम्बर ९ देखि बार्बाडोसमा सुरु हुनेछ । सिरिजको दोस्रो खेल नोभेम्बर १० मा बार्बाडोसको केन्सिङ्टन ओभलमा हुनेछ । सेन्ट लुसियाको डारेन सामी नेसनल क्रिकेट स्टेडियममा नोभेम्बर १४, १६ र १७ मा सिरिजका अन्तिम तीन खेल हुनेछन् ।
वेस्ट इन्डिजको टोली :
रोवम्यान पावेल (कप्तान), रोस्टन चेस, मेथ्यू फोर्ड, शिमरोन हेटमायर, टेरेन्स हिंड्स, शाई होप, अकल होसेन, शमराह जोसेफ, ब्रैन्डन किंग, एविन लुईस, गुडाकेश मोति, निकोलस पूरन, आन्द्रे रसेल, शेरफेन रदरफोर्ड, रोमारियो शेफर्ड।