काठमाडौं। कर्णाली याक्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ। हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले शुक्रबार स्थानीय झझल्को दिने जर्सी सार्वजनिक गरेकाे हाे।
जर्सीमा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने हिमाली भूभाग, रारा र से–फोक्सुन्डोको तालरूपी निलो रंग तथा कर्णालीमा पाइने याकको प्रतिक छ।
मार्की खेलाडी सोमपाल कामी र ‘फेस अफ कर्णाली याक्स’ कलाकार स्वस्तिमा खड्काले नेपाल प्रिमियर लिग (एनपिएल)को लागि जर्सी प्रदर्शन गरेका हुन्।