काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टिमले भारतमा अन्तराष्ट्रिय प्रतियोगिता खेल्ने भएको छ । भारतीय फुटबल महासंघको निमन्त्रणालाई स्विकार गर्दै अखिल नेपाल फुटबल संघ एन्फाले प्रतियोगिता खेल्ने निश्चित गरेको हो ।
प्रतियोगिताको नाम उल्लेख नभएपनि मिति भने तय गरिएको एन्फाका मिडिया अधिकृत आयुश खड्काले खेलपाटीलाई बताए ।
भारतले आयोजना गर्ने प्रतियोगिता भारतको उडियाको भुवनेश्वरमा फेब्रुअरी ७ देखि १७ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा नेपाल सहित भारत, श्रीलंका र म्यानमार सहभागि हुनेछन् ।
दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ र ओलम्पिक छनोटको तयारीमा रहेको नेपालले अन्तराष्ट्रिय प्रतियोगितालाई तयारीको रुपमा लिएको छ ।
नेपाली महिला टिम यतिबेला साफ फुटबलको तयारी गरिरहेको छ । नेपालले थाइल्यान्डमा समेत मैत्रिपुर्ण फुटबल खेल्ने तयारी गरेकाे छ ।