काठमाडौं । राष्ट्रिय फुटबल टिमका खेलाडी निराजन खड्का सीएमजी संकटा युथ क्लबबाट खेल्ने भएका छन् ।
'ए' डिभिजन लिगमा थ्री स्टार क्लबबाट खेलेका निराजन मोफसलका प्रतियोगितामा संकटामा जर्सीमा उत्रिएका छन् । थ्री स्टार क्लबले रिलिज गरे लगत्तै उनी पहिलो पटक मोफसलको प्रतियोगिता सिमरा गोल्डकपमा देखिएका छन् ।
संकटाको जर्सीमा मैदान उत्रिएका निराजनले पुर्व क्लब थ्री स्टारविरुद्व प्रतिस्पर्धा समेत गरेका छन् । ‘अनुबन्धनको प्रक्रिया पुरा हुन बाँकी छ । तर उनी अब संकटाबाट खेल्नेछन् ।’ क्लबका अध्यक्ष ईन्द्रमान तुलाधरले खेलपाटीसंग भने ।
अध्यक्ष तुलाधरका अनुसार उनी मोफसलका प्रतियोगिता मात्र नभएर लामो समयका लागि क्लबका रहनेछन् ।
लामो समय थ्री स्टार क्लबबाट खेलेका निराजन लिगको समापनसंगै क्लबले रिलिज गरेका थियो ।