काठमाडौं। नेपालले आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा बिहीबार कुवेतलाई चुनौती प्रस्तुत गर्दैछ। नेपालले कुवेतसँग दोस्रो खेल खेल्न लागेको हो। युएईको द सेभेन रंगशालामा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ मा सुरु हुनेछ।
नेपाल लगातार दोस्रो जितको खोजिमा हुनेछ। नेपालले पहिलो खेलमा थाइल्यान्डविरुद्ध ६७ रनको सानदार जित निकालेको थियो।
कुवेत भने पहिलो खेलमा घरेलु टोली युएईसँग १०६ रनले पराजित भएको थियो।