विराटनगर। साबिक विजेता सुदूरपश्चिम प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल पुरुष यु–१९ राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
सुदूरले बुधबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै उपाधि रक्षा गरेको हो। यस अघि २०२२ मा त्रियू क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरले लुम्बिनीलाई नै पराजित गरि उपाधि जितेको थियो। उपाधि जितेको सुदूरले नगद २ लाख तथा ट्रफि तथा उपविजेता लुम्बिनीले १ लाख तथा ट्रफि हात पारे।
टस जितेर ब्याटिङ गरेको गरेको सुदूरले ले निर्धारित ५० ओभरको खेलमा ३७ दहमलव ३ बलमा सवै विकेट गुमाई १ सय २७ रनको योगफल बनायो। सुदूरकालागि अविशेक थापाले २९ रन बनाउँदा नरेन भट्टले २७ रन, नरेन राउदले १५ रन, राजेश एयेर १४ रन र दिपक रोकयाले ११ रनको योगदान दिए। लुम्बिनीका सन्तोष यादवले ५ विकेट लिए। उनले १० ओभरमा २ मेटन राख्दै २८ रन दिए। त्येस्तै रमेश कुर्मीले ३ विकेट र शिव कुमार १ विकेट लिए।
१ सय २८ रनको लक्ष्य पाएको लुम्बिनीले ४३ दशमलव १ बलमा सवै विकेट गुमाई १ सय १९ रन मात्र बनाउँन सक्यो। लुम्बिनी आकाश त्रिपाथीले २२ रन बनाउँदा शिव कुमारले २० रन, विजय कोहरले १९ रन, समिर अलीले १८ रन र सन्तोष यादवले १२ रनको योगदान दिए। सुदुरका प्लेयर अफ द म्याच हेमन्त धामीले ४ विकेट लिँदा सचिन भट्ट र नरेन साउदले २–२ विकेट लिए।
प्रतयोगिताको उत्कृष्ट खेलाडि लुम्बिनीका सन्तोष यादव घोषित भए। यादव उत्कृष्ट बलर समेत भए। उत्कृष्ट ब्याटर कोशीका सोनु अन्सारी घोषित भए। उत्कृष्ट खेलाडिले नगद ५० हजारका साथ ट्रफि तथा उत्कृष्ट ब्याटर र बलरले नगद २५ हजारका साथै ट्रफि हात पारे। प्लेयर अफ द म्याच सुदूरका कप्तान हेमन्त धामीले पाएको नगद ३ हजार पुरस्कार ग्राउण्ड स्टाफलाई वितरण गरे।
विजयी तथा अन्य खेलाडिलाई कोशी प्रदेशका पूर्व मूख्यमन्त्री केदार कार्की, क्यानका केन्द्रीय उपाध्यक्ष रोशन सिंह, कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजित पाण्डे र मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद बाबुलगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे।