काठमाडौं । कर छलीको मुद्दा लागेका युभेन्ट्सका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो स्पेनको अदालतमा उपस्थित भएका छन् ।
रोनाल्डो मंगलबार मड्रिडको अदालतमा उपस्थित भएको बीबीसीले जनाएको छ । कर छलीको मुद्दाबारे अदालतलाई जवाफ दिन रोनाल्डो अदालतमा उपस्थित भएका हुन् ।
पोर्चुगिज फरवार्ड रोनाल्डोलाई सन् २०१० देखिको कर नतिरेको आरोपमा मुद्दा लागेको छ । ३३ वर्षिय रोनाल्डोमाथी सन् २०१० देखी साढे १३ मिलियन पाउण्ड बराबरको कर छलेको आरोप लगाइएको छ ।
रियल मड्रिडमा रहदा रोनाल्डोलाई विभिन्न समयमा तस्विरहरु बिक्री गरेवापत आएको रकममा कर नतिरेको आरोप स्पेनिस कर अधिकारीले लगाएको हो । तर, रोनाल्डोले भने उक्त आरोप अस्विकार गर्दै आएका छन् ।
रोनाल्डोमाथि लागेको यो आरोप पुष्टि भएको खण्डमा रोनाल्डोले १८.८ मिलियन पाउण्ड जरिवाना तिर्नुका साथै साढे २ वर्ष जेल सजाय हुनेछ ।